site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छानबिन समिति बैठक बस्दै, कार्यविधिमा छलफल हुने
सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको सहकारी प्रकरण : छानबिन समिति बैठकको फाइल तस्बिर ।

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुने संयोजक सूर्य थापाले जानकारी दिए । 

बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो । 

सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro