site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा केसीले छानबिन समितिमा सत्तामा बसेका मान्छेहरू रहेकाले समितिले निकाल्ने प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका हुन् । 

“सहकारी क्षेत्रमा सत्तामा रहेका मान्छेहरूले नै बदमासी गरेकाले यसअघिका विभिन्न समितिका प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन,” उनले भने, “अहिलेको समिति टालटुल गर्ने र दोषीलाई जोगाउने माध्यम बन्न सक्छ ।”

उनले सहकारीको बदमासी गर्नेविरुद्ध संगठित भएर आवाज उठाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro