site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय छानबिन समितिको पहिलो बैठक बस्दै

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ । 

बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेको पनि उपस्थिति रहने बुझिएको छ । बैठक संसद् भवन बानेश्वरस्थित शंकर हलमा बस्ने बताइएको छ ।

गएको जेठ १५ गते सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको हो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।

 
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro