site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि मन्त्रालयले माग्यो दरखास्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक (एमडी) पदको लागि दरखास्त माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार एक सूचना निकाल्दै १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

यस्तै, प्रबन्ध निर्देशक हुनका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा यसै किसिमका दूरसञ्चार सेवाप्रदायक संस्था तथा निकायमा १२ वर्षको कार्य अनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव हुनुपर्नेछ ।

यसअघि टेलिकमको प्रबन्ध निर्देशक भएका सुनिल पौडेलमाथि भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित भएका थिए । उनलाई गत वैशाख २५ गते विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रहेका बेला नेशनल पेमेन्ट गेटवे खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद हुने फैसला गरेको थियो ।

त्यसपछि टेलिकमको कार्यकारी प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro