site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ : सांसद चौधरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । 

सांसद चौधरीले आर्थिक अनुशासनमा रहेर सरकारले आगमी आर्थिक वर्षको बजेट परिचालन गर्न विशेष ध्यान दिनुपर्ने बताए । उनले बजेटमा कृषिमा लगानी दशक घोषणा गरिएको उल्लेख गर्दै त्यसका लागि ठोस कार्ययोजना बनाउन पनि सरकारलाई सचेत गराए । बजेटमा सिँचाइको क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सरकारप्रति आभार पनि व्यक्त गरे । 

उनले भने, "हरेक वर्ष कृषि क्षेत्रले बजेटमा प्राथमिकता पाए पनि कृषिको व्यवसायीकरण र आधुनिकीकरण अझै हुन सकेको छैन । यस वर्षको बजेटले अघिल्लो वर्षकोभन्दा एक अर्ब ६९ करोड कम बजेट विनियोजन गरेको देखिन्छ । कृषि जस्तो महत्त्वपूर्ण क्षेत्रमा बजेट अभाव एवं कम प्राथमिकतामा पर्नु हुँदैन्थ्यो । यद्यपि, सिँचाइमा यो वर्षको बजेटले विशेष प्राथमिकता दिएको देखिन्छ ।" 

सांसद चौधरीले कृषि क्षेत्रको उत्पादन बढाउन सरकारले त्यसको व्यवसायिकीकरण र आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro