site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीको अभिव्यक्तिबारे गगन थापा : सदनको रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ 

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेले सदनमा लगाएको आरोपबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिसाबकिताब गर्ने बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले सदन चटक देखाउने ठाउँ नभएको बताए । विषयवस्तु बराल्नका लागि सूचना बेच्ने व्यक्ति सदनमा छ भनेको विषयमा हिसाबकिताब माग्ने बताए । 

“गृहमन्त्री बरालिनुभयो भनेर हामी बरालिनुहुन्न । हिसाबकिताब त लिनैपर्छ । गृहमन्त्रीसँग लिएर भएन । हिसाबकिताब त अब प्रधानमन्त्रीसँग लिने हो । व्यक्तिगत कुरा होइन,” थापाले भने । 

उनले गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई लगाएको आरोप प्रधानमन्त्रीले सदनको रेकर्डबाट नहटाइए प्रधानमन्त्रीसँग हिसाबकिताब लिइने बताए । 

“सम्माननीय प्रधानमन्त्रीलाई भन्दैछौँ, प्रधानमन्त्री आउनुस् र भन्नुस्, यसलाई रेकर्डबाट हटाउँछु भनेर । होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब सदनमा लिइन्छ,” थापाले भने । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro