site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बेहुली फ्रम मेघौली’को फर्स्टलुकमा के भन्दैछिन् स्वस्तिमा ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, निश्चल बस्नेतलगायतले सामाजिक सञ्जाल फेसबुकमार्फत आज फर्स्टलुक पोस्टर सार्वजनिक गरेका हुन् । 

फर्स्टलुकमा नायिका स्वस्तिमा खड्का मात्र फिचर्ड छिन् । उनी ट्याक्टरमाथि चढेर कसैलाई औँला ठड्याइरहेको देखिन्छ । उनले कसलाई र किन औँला उठाएकी हुन् ? निर्माणपक्षले खुलाएको छैन ।  

दसैँमा रिलिज हुने ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुकले स्वस्तिमा केन्द्रीय चरित्रमा रहेको स्पष्ट पारेको छ ।  चलचित्रमा स्वस्तिमासँगै मुख्य भूमिकामा निश्चल छन् ।  

स्वस्तिमा र निश्चल निर्माता रहेको चलचित्रको कथा साजन काफ्ले र आकाश बरालको लेखेका हुन् । विवाहको कथा भन्ने चलचित्र निर्देशन पनि उनीहरू दुवैले गरेका छन् । शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता हुन् ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro