site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु

काठमाडौं । वसन्त निरौलाको निर्देशन रहने चलचित्र ‘ज्वाइँ साब’को छायांकन सुरु भएको छ । आज बिहान मकवानपुरको चित्लाङमा रहेको भैरव मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । 

निर्माणपक्षका अनुसार चलचित्र चित्लाङमा २० दिन र बाँकी सौराहा र इलाममा खिचिनेछ । 

चलचित्रमा जीतु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायत कलाकारको अभिनय रहनेछ । 

प्रस्तुतकर्ता राजकुमार पण्डित रहेको चलचित्रमा मीनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । 

विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro