site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 

“राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढाव जस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या छैन,” प्रधानमन्त्री प्रचण्डले भने । उनले समाजवादी मोर्चा र वामपन्थी ध्रुवीकरणको पहल गर्ने विषय समाजवादको आधार तयार पार्ने विषयसँगै सम्बन्धित रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले फेरि पनि एउटा आन्दोलनको तयारीका रूपमा अघि बढिरहेको सुनाए । उनले बजेटबाट समाजवादको बीउ रोप्ने प्रयास गरिएको सुनाए । वामपन्थी, समाजवादीको एकताको बाटोमा चुनौती भएको बताए । तर, जति जोखिम भए पनि एकताकै बाटो हिँड्ने उनले सुनाए ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro