site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवासँगको भेटपछि उपेन्द्र भन्छन्– मधेस सरकार जोगाउन एक ठाउँमा उभिन्छौँ 
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस सरकार जोगाउन प्रतिपक्षमा रहेका दलहरू एक ठाउँमा उभिने बताएका छन् । 

बुधबार साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)सहित प्रतिपक्ष दलहरूको छलफलबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । 

उनले राष्ट्रिय राजनीतिमा पनि अब एकीकृत समाजवादीसहित प्रतिपक्ष दलहरू एकजुट भएर अघि बढ्ने बताए ।

“अहिले भइरहेको समसामयिक राजनीतिक परिप्रेक्षमा प्रतिपक्ष राजनीतिक दलहरू एक हुने सहमति नै छ । भेटमा मधेस सरकारको विषय पनि उठ्यो । त्यहाँ पनि हामी एक ठाउँमा हुन्छौँ,” उनले भने ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro