site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठन भयो संसदीय छानबिन समिति, यी हुन् सदस्य

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गरिएको छ । 

सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, ०७९ को नियम १८० बमोजिम संसदीय छानबिन विशेष समित गठन गरिएको जानकारी दिए ।

समितिको नाम 'सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समिति' रहेको छ ।

समितिमा एमालेका सांसद सूर्यबहादुर थापा सभापति रहेको घिमिरेले जानकारी दिए । 

समितिमा एमालेबाट सरिता भुसाल सदस्य छिन् । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल छन् । राप्रपाबाट धुव्रबहादुर प्रधान छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro