site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय छानबिन समिति ‘आजै गठन गरिने’
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको आज अपराह्न ४ बजे बस्ने बैठकबाट संसदीय छानबिन समिति गठन गरिने भएको छ । 

आज बिहान बसेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभा बैठकबाट समिति गठन गरिने जानकारी दिए । समितिमा रहने सांसदहरूको नाम दिउँसो ३ बजेभित्र उपलब्ध गराइने उनले बताए ।

“४ बजे समितिले वैधानिकता प्राप्त गर्छ । हामी ३ बजेभित्र समितिमा बस्ने हाम्रो तर्फबाट नाम उपलब्ध गराउँछौँ,” उनले भने ।

उनले समितिको कार्यादेश कस्तो हुने, कति सदस्यीय समिति बन्ने तथा त्यसको अवधि कति हुने सहमति भइसकेको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro