site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘सतीदेवी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । 

‘सतीदेवी’को शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतलाई रोहिरहेको अवस्थामा नवजात शिशुलाई स्तनपान गराइरहेको पोस्टरमा देख्न सकिन्छ । पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका वली र मन्जिला बाँनिया पनि फिचर्ड छन् । 
 
लेखक तथा निर्देशक लक्ष्मण सुवेदी रहेको सिनेमाले छोरी हुनुको पीडालाई प्रस्तुत गर्ने संकेत गरेको छ । सिनेमाको कथा–पटकथा पनि सुवेदीले नै तयार पारेका हुन् ।

चलचित्र साउन ४ गते रिलिज हुँदै छ । ‘सतीदेवी’मा अभिनेत्री मलिकासँगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकीलगायत कलाकार छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro