site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाले कांग्रेस नेतालाई बैठकमा बोलाए
फाइल तस्बिर ।

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका नेताहरूलाई बैठकमा बोलाएका छन् ।

आज दिउँसो १ बजे देउवाको निवास बूढानीलकण्ठकमा बैठक बस्ने गरी नेताहरूलाई बोलाइएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

आजै बिहान बालुवाटारमा सत्ता र प्रतिपक्ष दलका नेताहरूको बैठक बसेको थियो । बैठकमा कुनै सहमति भएन । त्यसपछि आन्तरिक छलफलका निम्ति कांग्रेस नेताहरू जुट्न लागेका हुन् ।

सहमतिमा पुग्न आजै दिउँसो शीर्ष नेताहरूबीच पुनः छलफल गरिने नेताहरूले बताएका छन् । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले उनीमाथि छानबिन गरिनुपर्नेमा जोड दिइरहेको छ । व्यक्तिकेन्द्रित संसदीय छानबिन समिति बनाउन नहुने सत्तापक्षको अडान छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro