site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय छानबिन समिति : आन्तरिक छलफलमा जुट्यो कांग्रेस 

काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशका विषयमा नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । कांग्रेसका नेताहरू अहिले आन्तरिक छलफलमा छन् ।  

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा उनीहरू छलफलमा बसिरहेका हुन् । छलफलमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत नेताहरू छन् । 

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउने काम भइरहेको छ । त्यसमा कसरी सहमति गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro