site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस सहमतिको बाधक बन्यो : महेश बर्ताैला 
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको आरोप लगाएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय छानबिन समिति गठनका विषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको आरोप लगाएका हुन् । 

उनले अधिकतम लचक भएर कांग्रेसले भनेका विषयलाई सम्बोधन गर्न खोजे पनि कांग्रेसले एकपछि अर्को माग लिएर प्रस्तुत भएको बताए । सहमतिनजिक पुगेको काम शून्यमा पुर्‍याउने काम कांग्रेसबाट भएको उनको भनाइ छ । बर्तौलाले कांग्रेसले निरन्तर संसद्‌मा बबन्डर गर्नु औचित्यहीन भएको धारणा राखे ।
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro