site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डबाट गणतन्त्रमा खतरा : बानियाँ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गणतन्त्रमा खतरा रहेको जिकिर गरेका छन् । पार्टीले आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभामा उनले यस्तो बताएका हुन् ।

“माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गणतन्त्रमा खतरा छ । आफू जसरी संसदीय व्यवस्थामा आउनुभयो, गतिविधि ठिक भएन । तीन तहका सरकारमा डेलिभरी खै ? सरकार संघीयताप्रति इमानदार छैन,” उनले भने ।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको नभएर आफ्नै पार्टीका नेताहरूको संरक्षण गरेको तर्क गरे । सहकारीको बचत अपचलन प्रकरणमा एमालेका नेताहरू जेल जाने सम्भावना रहेकाले जोगाउन ओली लागिपरेको उनको भनाइ छ ।

“गृहमन्त्रीको बचाउ गरेको होइन कि आफ्नो मान्छेको संरक्षण गरेको हो । हाम्रा जोगिनुपर्छ भन्ने छैन,” उनले भने ।

बानियाँले अब पार्टीले गृहमन्त्री बोल्न खोज्दा संसद् बहिष्कार गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro