site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनले देखाएको रबैया निरंकुशताउन्मुख : महामन्त्री थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रबैया निरंकुशताउन्मुख रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले सत्ता गठजोडले देखाएको रबैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए । अहिलेको रबैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको उनको भनाइ थियो । 

उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए । नेपाली कांग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको बताए ।

उनले भने, "प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त म¥यो । त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन । प्रतिपक्षलाई सदनमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी । नेपाली कांग्रेसले अहिले लिएको पोजिसन प्रकारान्तले तपाईंहरूसँग जोडिएको छ ।" 

महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताए ।
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro