site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभा बैठकमा कांग्रेस सांसद अनुपस्थित 
फाइल तस्बिर

विराटनगर । कोसी प्रदेशसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद अनुपस्थित भएका छन् । सरकार गठनसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा सुनुवाईको क्रममा रहेको भन्दै कांग्रेस संसदीय दलले बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

लिखित रूपमा आग्रह गर्दा समेत बैठक सञ्चालन गर्ने सभामुखले बताएपछि आफूहरू अनुपस्थित भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

कोसीमा प्रदेश सरकार गठनको विवाद सर्वोच्च अदालतबाट सुनुवाईको क्रममा छ ।‌ रिटको सुनुवाई यही जेठ १६ मा हुँदै छ । 

यसअघि वैसाख ३१ गते बसेको बैठक कांग्रेसले बहिष्कार गरेको थियो ।‌ पूर्ववर्ती मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुखले एमालेका हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन गरेपछि कोसीमा विवाद चुलिएको छ ।

नेपालको संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भई विश्वासको मत लिएका थिए । दुई वर्षअघि नै नयाँ सरकार गठन भइ हिक्मत मुख्यमन्त्री बनेपछि कोसीमा विवाद बढेकाे छ ।‌

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro