site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीमाथि छानबिनको माग गर्दै राँकेजुलुस

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको अगुवाइमा काठमाडौंमा राँकेजुलुस निकालिएको छ ।

पार्टीले आइतबार काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा शनिबार प्रदर्शनीमार्गमा राँकेजुलुस निकालिएको हो । त्यसक्रममा प्रदर्शनकारीले सरकारविरुद्ध नारााजी समेत गरेका थिए ।

कांग्रेसले आइतबार काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ । गएको बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकबाट सहकारीपीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको मागलगायत विषयमा सडक प्रदर्शन गर्ने निर्णय गरिएको थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro