site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुप्रिम, स्वर्णलक्ष्मी सहकारीको छानबिन गरे गृहमन्त्रीको संलग्नता पुष्टि हुन्छ : रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको छलफल सकारात्मक रहेको बताएका छन् । 

शुक्रबार अपराह्न प्रधानमन्त्रीसँगको छलफलपछि बालुवाटारबाट बाहिरिने क्रममा लेखकले गृहमन्त्री रवि लामिछाने मुछिएका सहकारीहरूको छानबिन गरे उनको संलग्नता पुष्टि हुने बताए र

उनले सुप्रिम, स्वर्णलक्ष्मीलगायतका सहकारीबाट कुन कम्पनीमा पैसा गएको छ भन्नेबारे छानबिन हुनुपर्ने बताए ।

“व्यक्तिको वा सहकारीको नाम राख्नेभन्दा मूलभूत कुरा सहकारीमा लाखौँको अर्बौं बचत अपचलन भएको छ, रकम दुरुपयोग र ठगी भएको छ । ती रकम कतिपय प्राइभेट कम्पनीमा गएको छ, स्वर्णिम, स्वर्णलक्ष्मीजस्ता सहकारीबट गोर्खा मिडिया नेटर्वकमा पैसा गएको छ । कुन कुन सहकारीबाट कहाँ कहाँ गएको छ छानबिन गर्नुपर्छ,” उनले भने । 

लामिछानेको नाम अनिवार्य भएको हो भन्ने प्रश्नमा उनले भने, “अपचलन भएको पैसा कुन सहकारीबाट कहाँ गयो ? त्यसमा गृहमन्त्रीको संलग्नता देखिएको कुरा सम्बोधन हुनुपर्छ । कुन भाषा, शैलीमा गर्ने भन्ने भाषा शैली मिलाउनुपर्छ ।”

उनले समिति कस्तो बनाउने भन्ने विषयमा कार्यादेश (टीओआर) बनाउने काम भइरहेको पनि बताए ।

प्रधानमन्त्रीसँगको छलफलमा आफूहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे पनि ध्यानाकर्षण गराएको बताए ।

आफूहरूले गृहमन्त्री लामिछानेले संसद्‌ बैठक गरेको सम्बोधनबारे पनि ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

“केही दिन पहिला संसद्‌मै उभिएर गृहमन्त्री जुन ढंगले प्रस्तुत हुनुभयो, जसरी सदनभित्रै रहेका माननीयलाई लाञ्छित गरेर प्रश्न उठाइयो । यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कसले जवाफ दिने हो भनी प्रश्न पनि गरेका छौँ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro