site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तारूढको दाबी– सहकारी ठगीको छानबिनमा गृहमन्त्रीको नाम हटाउन प्रतिपक्ष लचक भयो 

काठमाडौं । सहकारी छानबिन समितिका 'टीओआर' निर्माण कार्यदलमा सत्तारूढ दलका सदस्यले गृहमन्त्री रवि लामिछानेको नाम हटाउन कांग्रेस तयार भएको बताएका छन् । 

समितिका सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लामो छलफलपछि नेपाली कांग्रेस सहकारी ठगीको छानबिनका लागि बनेको संसदीय समितिको टीओआरमा लामिछानेको नाम हटाउन लचक भएको बताए ।

“सहकारीको छानबिनका लागि बन्ने संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्न उहाँहरू लचक हुनुभएको छ,” बर्तौलाले भने, “अब उहाँहरू आफ्नो नेतृत्वसँग छलफल गर्नु हुन्छ । भोलि बिहान साढे ८ बजे हामी पुनः बैठक बसेर टुंग्याउने छौँ ।”

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro