site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टीओआरबारे छलफल गर्न समितिको बैठक बस्दै 

काठमाडौं । सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न आज बैठक बस्दै छ । कार्यादेश टुंगो लगाउन गठित समितिका सदस्य जीवन परियारका अनुसार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।

सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ । कांग्रेस लामिछानेको नामै तोकेर छानबिन हुनुपर्ने बताउँदै आएको छ ।

दुवै पक्षको अडानका कारण पछिल्लो समय निरन्तर संसद् अवरुद्ध हुँदै आएको छ । 

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिका लागि बोलाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro