site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीले भन्यो– मिडियालाई दबाबमा राख्ने प्रयास निन्दनीय

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको विषयलाई 'निन्दनीय कार्य' भनेको छ ।

मंगलबार पार्टीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै मिडियालाई दबाबमा राख्ने प्रयास निन्दनीय भएको बताएका हुन् । मिडिया र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको विज्ञप्तिमा उल्लेख छ ।

“प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ । मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ । यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ,” भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सिरोहियालाई प्रहरीले मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro