site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको पैतृक सम्पत्तिमा बढ्यो दुई तोला सुन
फाइल तस्बिर

काठमाडौं । प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग पाँच तोला सुन रहेको खुलाएका छन् । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा सुन प्राप्तिको स्रोत पैतृक रहेको उल्लेख छ । 

२०७३ सालमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन तोला मात्रै सुन रहेको उल्लेख थियो । अहिले जारी गरेको विवरणमा दुई तोला सुन थपिएको देखिएको छ । त्यतिबेलाको सम्पत्ति विवरणमा भरतपुरमा एक कठ्ठा मात्रै जग्गा रहेको उल्लेख थियो ।

अहिलेको विवरणअनुसार भरतपुर महानगरपालिकाको–१४, मा रहेको घर १४ कठ्ठाको घरघडेरी रहेको उल्लेख छ । जुन स्व. श्रीमती सीता दाहालको नाममा रहेको विवरणमा जनाइएको छ । 

त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर १२ मा एक कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । २५ लाख रुपैयाँ बैंक, वित्तीय तथा सहकारी संस्थामा रहेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro