site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘१२ गाउँ’को छायांकन सुरु, बुवा विराज निर्देशक, छोरा समीर हिरो 

काठमाडौं । एक्सन नायक विराज भट्टको निर्माण तथा निर्देशन रहने चलचित्र  ‘१२ गाउँ’को छायांकन सुरु भएको छ । सोमबार शुभमुहूर्त गरिएको सिनेमाको छायांकन पनि सुरु भएको हो । 

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गर्दैछन् । यही चलचित्रबाट उनका छोरा समीर भट्टले चलचित्रमा डेब्यु गर्दैछन् । ‘बलिदान’बाट डेब्यु गर्ने तयारी रहे पनि यसको सेट डिजाइन र अन्य प्राविधिक काम नसकिएकाले बुवाकै सिनेमाबाट समीरले डेब्यु गर्न लागेका हुन् । 

लामो समयदेखि मुम्बई बसेर समीरले अभिनय, नृत्य, मार्सल आर्ट तथा द्वन्द्वको कक्षा लिएका थिए । ‘१२ गाउँ’ द्वन्द्वप्रधान सिनेमा हुने विराजले बताउँदै आएका छन् ।

चलचित्रमा ‘डेब्यु’ गर्दै बिराज भट्टका छोरा समीर

चलचित्रका लागि पहिलो दृश्य समीरको खिचिएको निर्माणपक्षले जनाएको छ । विराज स्वयं पनि चलचित्रमा मुख्य भूमिकामा छन् । 

अभिनेत्रीमा सनिशा भट्टराई र न्यान्सी खड्काको पनि अभिनय रहनेछ । मुरलीधर, कालु राना, सन्तोष सरकार, शुलेमान शंकर लगायतको पनि ‘१२ गाउँ’मा अभिनय रहनेछ । 

बिराज भन्छन्– ‘१२ गाउँ’ नेपाली सिनेमा उद्योगकै ठूलो एक्सन चलचित्र हुनेछ  

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro