site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपेन्द्र यादवको दुवै रिट पेसीमा, एउटा दोस्रो र अर्को संयुक्त इजलासको २६औँ नम्बरमा 

काठमाडौं । पार्टी फुटविरुद्ध उपेन्द्र यादवले दायर गरेको दुवै रिट सर्वोच्च अदालतको पेसीमा छन् ।

सर्वोच्चले अन्तरिम आदेशका लागि निर्वाचन आयोग समेतलाई बोलाएर यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको रिट भने आज पालो आउने अवस्थामा देखिँदैन । उक्त रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र अव्दुलअजीज मुसलमानको संयुक्त इजलासको ‘म’ अर्थात् २६औँ नम्बरमा छ । 

उनले दायर गरेको दोस्रो रिट भने न्यायाधीश मुसलमानको एकल इजलासको दोस्रो नम्बरमा छ । दोस्रो रिटमा सुनुवाइ भएर अन्तरिम आदेश नभएमा यादवले पार्टी फुटविरुद्ध मागेको अन्तरिम आदेश पाउन अर्को पेसी कुर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro