site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको चुनौतीपछि गृहमन्त्रीको स्पष्टीकरण– कसैलाई कुनै आरोप लगाएको छैन
प्रतिनिधिसभा बैठकका क्रममा सोमबार गृहमन्त्री रवि लामिछाने । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले कसैलाई कुनै आरोप नलगाएको स्पष्टीकरण दिएका छन् । संसदीय छानबिन समिति बनाउने विषयमा पनि आफूहरूको कुनै आपत्ति नभएको उनले बताएका छन् ।

सञ्चारमाध्यममा प्रकाशित केही समाचार आफूले प्रतिनिधिसभा बैठकमा पढेर मात्र सुनाएको सोमबार उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । तर, त्यही विषयलाई आफूले कोही कसैमाथि आरोप लगाएको भनिएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त गरेका हुन् ।

“...सारचाहिँ यत्ति नै हो, समाचार त के–के आयो आयो,” उनले लेखेका छन् ।

यसअघि, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेले आफ्ना नेताहरूमाथि आरोप लगाएको भन्दै त्यो प्रमाणित गर्न चुनौती दिएको थियो । त्यसबारे छानबिन गरी प्रमाणित गर्न सोमबार बसेको संसदीय दलको बैठकबाट चुनौती दिइएको हो ।

“उहाँ (रवि लामिछाने)ले हिजो (आइतबार) जसरी नेपाली कांग्रेसलाई लाञ्छित गर्नुभयो, जसरी कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ, हामी चुनौतीपूर्वक भन्न चाहन्छौँ– तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको यो काम हो, प्रश्न सोध्ने काम होइन,” प्रमुख सचेतक रमेश लेखकले भने ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro