site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ : प्रमुख सचेतक शाही
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रूपमा नभइ पार्टीको कार्यकर्ताको रूपमा प्रस्तुत भएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुखको रूपमा भूमिका निर्वाह नगरेको बताएका हुन् । उनले सभामुखको रूपमा नदेखेर पार्टीको कार्यकर्ताको रूपमा कुर्सीमा देखेको टिप्पणी गरे । 

उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनि प्रश्न समेत गरे । बैठकमा प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरूले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको उनको भनाइ थियो । 

“आज हामीले सभामुख देखेनौँ । कुर्सीमा बसेको मान्छे देख्यौँ । तर, कुन पार्टीको कार्यकर्ता देख्यौँ । सभामुखले आज ठूलो गल्ती के गर्नु भएको छ भने, सदनमा उपस्थित भएको संख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ । सदनमा नेपालको इतिहासमा नै पहिलोपटक होला कि सदनमा यसरी प्रमुख प्रतिपक्षलगायत अन्य प्रतिपक्षले हामीले आजको विश्वासको मत मान्दैनौँ भन्दैगर्दा सभाबाट जर्बजस्ती गरेको,” उनले भने ।  

प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरूको साझा निष्कर्ष नै सभामुखको भूमिका सभामुखको जस्तो नभएको रहेको बताए । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro