site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखले मर्यादा बिर्सिएको प्रतिपक्षी दलको निष्कर्ष, समिति गठनको माग सडकमा लैजाने निर्णय
फाइल तस्बिर

काठमाडौं । प्रतिपक्षी दलहरूले सहकारीकाे रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग सडकमा समेत लैजाने भएका छन् । 

सोमबार अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो । बैठकले सभामुख देवराज घिमिरेले आफ्नो मर्यादा बिर्सिएको निष्कर्ष समेत निकालेको छ । 

“सभामुख सभामुखजस्तो रहनुभएन । अमुक पार्टीको कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो । हामीले उठाइरहेको विषयमा सदनमा मात्रै होइन । अब सडकका पनि पुर्‍याउँछौं,” बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भने ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro