site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिएन भन्नु गलत : शेखर कोइराला
तस्बिर : रासस ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न नदिएको भन्ने कुरा गलत भएको जिकिर गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपप्रधानमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न नदिने नभनेको बताए । तर, उनले बोलेको विषयमा चित्त नबुझे खण्डन गर्ने कांग्रेसको अडानका कारण बोल्न नचाहेको नेता कोइरालाको भनाइ थियो ।

“...साथीहरूले धेरै ठाउँमा धेरै कुरा भन्नुभएको छ । तपाईंहरू त कस्तो डेमोक्रेटिक पार्टी हो, बोल्न पनि दिनु हुन्न भनेर भन्नुहुन्छ,” उनले भने, “हामीहरूले बोल्न नदिएको होइन रविजीलाई । बोल्नुस् भनेर भनेकै हो हामीहरूले । तर, हामीहरूले के भनेको थियौँ भने तपाईंले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने हामी बस्छौँ । होइन भने हामी तपाईंले बोलेको बोलीको खण्डन गर्छौँ भनेर भन्दा त्यो स्वीकार्य भएन ।”

सहकारीको बचत हिनामिनामा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्नेमा उनले जोड दिए । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने नमिल्ने उनले बताए ।

नेता कोइरालाले कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको राजीनामा नमागेको पनि स्पष्ट पारे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro