site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेको छलफल जारी 
फाइल तस्बिर

काठमाडौं । सभामुख देवराज देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सभामुख घिमिरेले सदनको गतिरोध अन्त्यका विषयमा छलफल गरिरहेका हुन् ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेला–धकेल भएको थियो । 

शुक्रबार बोलाइएको बैठक बस्नुअघि सभामुख घिमिरेले सहमतिको प्रयास गरेका हुन् । यसअघि शुक्रबार बिहान बसेको कांग्रेसको बैठकले आफ्नो अडान यथावत राख्ने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro