site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई गगनले भने– झुक्किनुभए जस्तो छ हामीे तपाईंका कार्यकर्ता होइनौँ 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता नभएको बताएका छन् । आज संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गरी आफूहरूलाई नअह्राउन चेतावनी दिए ।

“एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो । उहाँले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्यो । एमालेका सांसदलाई उहाँको कुरा हो । हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार पनि राख्नुहुन्छ होला,” उनले भने, “उहाँहरूको सम्बन्ध पनि त्यस्तै होला । तर, नेपाली कांग्रेस पार्टीका बारेमा पनि नसोच्नुहोला । सांसदका बारेमा पनि नसोच्नुहोला । हामी तपाईंका कार्यकर्ता होइनौँ । तपाईंले हामीलाई अह्राउने होइन ।” 

उनले ओलीले सदनमा मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप पनि लगाए । “सत्तापक्षको प्रमुख दलको प्रमुख नेताले वातावरण बिगार्ने प्रयास गर्नुभयो । अप्रिय स्थिति होस् भन्ने खालको स्थिति सिर्जना गर्नुभयो । यो आफैँमा खेदजनक छ,” उनले भने । 

उनले आजको संसद्मा सभामुखलाई कारबाही अघि नबढाउनुस् भन्न मात्रै आफूहरूको तयारी रहेको बताए । उनले प्रधानमन्त्रीलाई फोन गरेर सदनको समय सार्न प्रस्ताव गरेको बताए । सभामुखलाई जसरी पनि सदन चलाउन निर्देशित गरेको आरोप लगाए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro