site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई गगनको प्रश्न– समझदारी चाहेको कि मुठभेड ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् सञ्चालनमा सरकारको धारणा माग गरेको छ । बिहीबार साँझ पत्रकार सम्मेलन गरेर महामन्त्री गगनकुमार थापाले आज सदनमा मुठभेड गराउने काम नेकपा (एमाले)बाट भएको बताए ।

यसमा सभामुख देवराज घिमिरे पनि दोषी भएको उनको भनाइ छ । आफूहरूले समझदारी खोज्न सदन बैठक सूचना टाँसेर स्थगित गर्न आग्रह गर्दा पनि सभामुखले एमालेको इसारामा बैठक चलाएको उनले बताए ।

उनले यसमा एमालेको लाइन स्पष्ट भए पनि प्रधानमन्त्रीको धारणा स्पष्ट नभएको बताए ।

“सत्तापक्ष आफैँले मुठभेडको स्थिति सिर्जना गरेको छ । यसमा प्रधानमन्त्रीको जवाफ चाहन्छौँ,” उनले भने । 

आजको परिस्थिति निर्माण गर्न एमाले अध्यक्षले हिजैबाट तयारी गरेको भन्दै थापाले भने, “एमाले अध्यक्ष आफैँ लाग्नुभयो । हिजो उहाँको वचन सुन्यौँ, हिजोदेखि गरेको तयारी, आजको सदनभित्र एउटा स्थिति जसरी पनि बनाउनुपर्छ भन्ने बनाएको मनस्थिति आज थाहा पायौँ । हेर्‍यौँ पनि ।”

“तर, प्रधानमन्त्रीको धारणा के हो ? के चाहनुभएको हो ? समझदारी चाहेको कि ? सदनभित्र र बाहिर मुठभेडको स्थिति चाहेको ? जवाफ चाहन्छौँ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro