site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मनिष झाले भने– अब समिति बन्दैन, सभापतिको खोट भेटिए राजनीति छाड्छौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने बताए । संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले आज संसद्मा अमर्यादित हर्कत गरेको भन्दै समिति नबन्ने बताए । 

साथै उनले पार्टी अध्यक्ष रवि लामिछानेको गल्ती भेटिए रास्वपाका सबै सांसदहरूले राजनीति छाडिदिने बताए । “उहाँले म मात्र राजनीति छाड्छु भन्नुभयो । म यहाँ उभिएर भन्छु उहाँको खोट भेटिए हामी सबै राजनीति छाड्छौँ । के कांग्रेसले हिम्मत राख्छ कि सभापतिको उसको श्रीमतीको, छोराको गल्ती देखिए राजनीति छोड्न सक्छन् ?,” उनले प्रश्न गरे । 

कांग्रेसको सबै पदाधिकारीको फाइल खोल्ने भएमात्र समिति बन्ने झाको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro