site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको फोन– समिति बनाउँछौँ, गृहमन्त्री लामिछानेको नामै तोक्नुपर्ने कांग्रेसको अडान 

काठमाडौं । सहकारीको बचत अपचलन तथा ठगी प्रकरणमा सत्तारूढ दलहरू संसदीय छानबिन समिति बनाउन तयार भएका छन् । सोही आशयको टेलिफोन संवाद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छ । 

टेलिफोन संवादपश्चात् सभापति शेरबहादुर देउवाको ब्रिफिङ सुनेका कांग्रेस एक उच्च पदाधीकारीले सत्तारूढ दल छानबिन समिति बनाउन तयार भएको जानकारी दिए । तर, समग्र सहकारीको छानबिन गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेको उनले बताए । तर, गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर समिति बनाउन नसकिने प्रचण्डले भनेको उनले बताए । 

जवाफमा गृहमन्त्री रवि लामिछानेको नाम किटान भएर समिति नबने स्वीकार गर्न नसकिने भनाइ सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई दिएको ती नेताले जानकारी दिए । 

“उहाँले रविजीको नाम नतोकी समिति बनाउने भन्नुभयो । हामीले नाम तोकेर समिति बनाउनुपर्छ भन्यौँ । यसैमा कुरा मिलेको छैन,” उनले भने । 

अहिले यही विषयमा कांग्रेस संवादमा छ । नयाँबानेश्वरस्थित संसद्  भवनमा रहेको प्रमुख प्रतिपक्ष दलका नेता सभापति देउवाको चेम्बरमा अहिले कांग्रेसका नेताहरू छलफलमा छन् । जहाँ सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखकसहितका नेताहरू छलफलमा छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro