site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल 
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्ने बताएका छन् । मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनले सत्यतथ्य अझै बाहिर आउन नसकेको बताए । 

“सत्यतथ्य के हो अझै छानबिन गर्न बाँकी छ । पार्टीले तुरुन्त पहलकदमी लियो । पद्म रत्न तुलाधरको नेतृत्वमा छानबिन कमिटी पनि बन्यो,” उनले भने, “त्यो छानबिन कमिटीको मात्रै रिर्पोट ल्याएर पुगेन भनेर पार्टीले स्वयं केपी ओलीको नेतृत्वमा छानबिन कमिटी बनायो । त्यो छानबिन कमिटीबाट कुनै खास कुराहरू आउन सकेन । र त्यो दुर्घटनाका सन्दर्भमा गम्भीर हामीले खोजी गर्न आवश्यक छ ।”

अध्यक्ष नेपालले दुर्घटनाको साक्षी अमर लामाको हत्या पनि रहस्यम रहेको बताए ।  “दुर्घटनाको अन्तिम साक्षी अमरलालाई यो बीचमा मारियो । कीर्तिपुरमा गइरहेको बेला गोली हानेर मारियो । यो पनि रहस्यमय छ । कुनै पार्टीसँग जोडिएका मान्छेले मारे भन्ने कुरा आएको छ,” उनले भने, “सम्बन्धित् पार्टीले पनि के भएको हो भन्ने बारेमा छानबिनमा सहयोग गर्नुपर्ने आवश्यकता छ ।”
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro