site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गिरीबन्धु टी–इस्टेटबारे ओलीलाई देउवाको प्रश्न– आफूले गरेको हो भन्न के आपत्ति ?
तस्बिर : रासस ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अदालतले फैसला गरेपछि गिरीबन्धु टी–इस्टेटको निर्णय कांग्रेसको पालामा भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएको विषय बाहिर आएको उनले उल्लेख गरे । उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भनी प्रश्न गरे । ओलीसरहको नेताले गलत कुरा भन्न नसुहाउनेमा उनले जोड दिए ।

“अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ, अदालतले फैसला गरेपछि गिरीबन्धु टी–इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो, भनिदिए भइहाल्यो नि,” देउवाले भने, “त्यसकारण यस्तो कुरा उहाँजस्तो नेताले भन्न सुहाउँदैन । आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ ?”

उनले थपे, “अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ । कांग्रेसको पालामा गिरिजाबाबु र म हो, हाम्रो पालामा भएकै छैन । यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँजस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro