site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता'
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूसँ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदीय छानबिन समिति बनाउने प्रतिबद्धता जनाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेको र संसदीय छानबिन समिति बनाउन प्रतिबद्धता जनाएको बताए ।

संसदीय समिति नबनेसम्म संसद्‌ चल्ने नदिने उनको भनाइ छ ।

"प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने कोसिस गर्दछु भन्ने प्रतिबद्धता गर्नुभएको हो । समिति बनाउने काममा लाग्छु भन्ने प्रतिबद्धता गर्नुभएको हो । जबसम्म संसदीय छानबिन समिति बन्दैन, हामी सरकारी काममा प्रवेश गर्दैनौँ," उनले भने ।

उनले नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र अघि बढाउने ठोस नीति लिन नसकेको जिकिर गरे ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro