site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।

एमाले सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले मुख्यमन्त्रीलाई विश्वासको मत दिन पार्टी केन्द्रबाट निर्देशन आएको जानकारी दिए । "सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी विश्वासको मत दिन पार्टी केन्द्रबाट निर्देशन आएको छ, भोलि संसदीय दलको बैठक छ । सोही अनुसार निर्णय गर्छौँ," उनले भने । 

सोडारीले जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तय गरेका छन् । जेठ ३ गते बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत दिने प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । 

यसअघि एमालेले विश्वासको मत दिनेबारे निर्णय नगर्दा वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो । 

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र (जेठ ५ गतेभित्र) विश्वासको मत लिइ सक्नुपर्छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro