site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीति स्वार्थ केन्द्रित होइन, देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ 
फाइल तस्बिर ।

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीति देश र जनतका लागि हुनुपर्ने बताएका छन् ।

स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै उनले राजनीतिक दलहरूले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्ने बताए ।

“नेपाली राजनीतिमा उलटपुलट भइरहेको छ,” उनले भने, “राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ ।”

खेलाडीहरूको मनोबललाई उच्च बनाउन र खेल क्षेत्रलाई थप परिस्कृत बनाउँदै लैजानका लागि स्थानीयस्तरमा खेलकुदका गतिविधिहरू निरन्तर हुनु आवश्यक रहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro