site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवा र रविलाई सभामुख घिमिरेको टेलिफोन– संसद् बैठकअघि नै सहमति गर्नुस्
फाइल तस्बिर

काठमाडौं । सभामुख देवराज घिमिरे सदनको गतिरोध अन्त्यका लागि सक्रियता देखाएका छन् । मंगलबार संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । यसअघि नै दलहरूबीचको बेमेलले देखिएको सदनको गतिरोध अन्त्यका लागि सभामुख घिमिरेले सक्रियता देखाएका हुन् । 

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर सदनको गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका सभामुख घिमिरेले दिउँसो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गृहमन्त्री रवि लामिछानेसँग संसद् बैठकअघि सहमति गर्न आग्रह गरेका हुन् । 

सोमबार दिउँसो टेलिफोन गरेर सभामुख घिमिरेले देउवा र लामिछानेसँग नीति तथा कार्यक्रम तयारीबारे टेलिफोन संवाद गरेका हुन् । सभामुख घिमिरेले  देउवा र लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

देउवाले संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताए । सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारू हुने जवाफ दिए । सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने समेत बताए । 

लामिछानेले नीति तथा कार्यक्रम प्रस्तुतपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राखे । जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने बताए । 

यसअघि सोमबार नै सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग पनि छलफल गरेका छन् । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro