site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विश्वासको मत लिन सदनमा मुख्यमन्त्री कार्कीको प्रस्ताव 
फाइल तस्बिर ।

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन सदनसमक्ष प्रस्ताव गरेका छन् । 

कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री भएको बताए । "प्रदेशप्रति युवामा भएको धारणा परिवर्तन गर्न तथा सुदृढ प्रदेश बनाउन केन्द्रित हुनेछु," उनले भने । 

सुखी प्रदेश बनाउन आफू लागि पर्ने उनले बताए ।‌ कम्युनिष्ट दलबीचको सहकार्य निरन्तर अघि बढाएर मुलुक हितका लागि भएको कार्कीले दाबी गरे । आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको उनको भनाइ छ । 

संयुक्त सरकारले जनचाहनाअनुसार गर्ने र समीक्षासहित दोस्रो आवधिक योजनाको काम अघि बढाइने सुनाए ।‌


 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro