site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीकेन्द्रित महतको कटाक्ष : सहकारी प्रकरणमा एमालेको पनि संलग्नता भएको आशंका छ 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने समिति बनाउन तयार भएको हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई के को आपत्ति भन्दै प्रश्न उठाएको छ । 

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले भने जसको विषयमा प्रश्न उठेको छ उ समिति बनाउन तयार भए अरूलाई के आपत्ति भन्दै प्रश्न गरे । “यदि उहाँ प्रधानमन्त्रीले भने जस्तो रविजी तयार हो, जसलाई प्रश्न उठेको छ छानबिन समिति बनाउन तयार भए अरुलाई आपत्ति हुने कारण के ?,” उनले प्रश्न गरे । 

उनले एकले अर्कोलाई देखाएर अलमलाउने कुरा राम्रो नभएको पनि उल्लेख गरे । प्रवक्ता महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँले पढे केही छैन भन्ने, एमालेले पनि त्यही भन्ने भन्दै थपे, “यहाँ त धेरै ठूलो ढाकाछोप अरूको पनि धेरै ठूलो संलग्नता सम्बन्धित दलको नेताले पनि यसलाई अनुसन्धान गर्न हुँदैन भनेर आएको छ । उहाँको पनि धेरै ठूलो संलग्नता छ कि भन्ने आशंका छ ।” 

एमाले पनि मुछिएको भन्न खोज्नुभएको हो भन्ने प्रश्नमा उनले सबै कुरा विस्तारै देखिने र एमाले अध्यक्ष ओली बचाउमा उत्रिएको देख्दा त्यो आशंका गर्न सकिने ठाउँ रहेको बताए । “विस्तारै विस्तारै सबै देखिएको छ नि । सहकारीमा सबैभन्दा ज्यादा एमालेको प्रभुत्व छ नि,” उनले भने । 

प्रवक्ता महतले आफ्नो दल र कार्यकर्ता कसैको सहकारी अपचलनमा संलग्नता नभएको दाबी गर्दै यदि कसैको संलग्नता रहे छानबिन गरेर कारबाहीको दायरामा ल्याउन सरकारलाई अनुरोध पनि गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro