site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुख घिमिरेसहित दलहरूको बैठक जारी 

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा दलहरूको बैठक बसिरहेको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतक, सचेतकसहितको बैठक बसिरहेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

उनका अनुसार सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल भइरहेको छ । 

सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । सदनको गतिरोध अन्त्यसहितका विषयमा सभामुख घिमिरेले दलका सचेतकहरूसँग छलफल गरेका हुन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro