site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुख घिमिरेले बोलाए प्रमुख दलसहितको बैठक 

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलसहितको बैठक बोलाएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार दिउँसो २ बजे बस्नेगरी उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलको बैठक बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

उनका अनुसार सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख दलका प्रमुख सचेतक, सचेतकसहितको बैठक बोलाएका हुन् । 

सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro