site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुलुक संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा : सभामुख
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुक अहिले संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा रहेको बताएका छन् । शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–१० को नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

संघीयता मुलुकका निम्ति उचित छैन भन्नेहरूलाई जवाफ दिने गरी पछाडि परेका समुदायलाई प्राथमिकता दिने खालका काम देशमा भइरहेको उनले उल्लेख गरे । संघीयताले गरिबी, भौतिक पूर्वाधारको कमी र जनचेतनाको पनि अभाव भएको ठाउँमा प्राथमिकताका साथ काम गर्नुपर्छ भन्ने विषयलाई अघि ल्याएको उनले स्मरण गराए ।

त्यस अवसरमा सभामुख घिमिरेले संघीयताले दिएको अधिकार कार्यान्वयनमा महालक्ष्मी नगरपालिकाले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro