site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टी फुटप्रति उपेन्द्र यादव भन्छन्– जताबाट आए त्यतै गए 
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘अतृप्त आत्मा’ र स्वार्थीको झुन्डलाई प्रयोग गरेर पार्टी फुटाइएको टिप्पणी गरेका छन् । मधेसी स्वास्थ्यकर्मी फोरमको शनिबार चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उनले हतास मानसकिता भएकालाई प्रयोग गरेर पार्टी फुटाइएको आरोप लगाएका हुन् ।

“...मधेसको मुद्दा, संघीयता संस्थागतलगायत मुद्दालाई कमजोर पार्ने उद्देश्यले पहिलेदेखि नै षड्यन्त्र हुँदै आइरहेको थियो,” उनले भने, “सोही षड्यन्त्रस्वरूप अतृप्त आत्माहरूलाई प्रयोग गरेर जसपा, नेपालमाथि मात्रै नभई मधेसमाथि प्रहार गरिएको हो ।”

यादवले दुई/चार ‘लोभीपापी’लाई पार्टीबाट फुटाउँदैमा युद्ध जितेजस्तो सोच्नु दिवास्वप्न मात्र हुने बताए । निर्दलीय व्यवस्थाविरुद्ध लडेका नेपाली कांग्रेस, कम्युनिस्टविरुद्ध पनि यस्तै षड्यन्त्र हुने गरेको उनको भनाइ थियो ।

पार्टीबाट केही ‘लोभी’ अलग्गिँदैमा जसपा, नेपाल कमजोर नहुने उनले बताए । उनले अब जसपा, नेपाल थप गतिका साथ अगाडि बढ्ने उनले उल्लेख गरे ।

“यहाँबाट भागेकाहरू उतैबाट फुटेर आएका थिए, त्यहीँ गएका छन् । अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थपूर्ति हुन्छ उतै लाग्छन् होला,” उनले भने, “जसरी शरीर स्वस्थ रहनका लागि विकार निकाल्नुपर्छ, राम्रै विकार निक्लिएर गएको छ । अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडि बढ्नेछ ।”

उहाँले मधेसको मुद्दा र संघियता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताउनु भयो । अर्को प्रसंगमा उपप्रधानमन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro