site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रम र बजेट आओस् : बेदुराम भुसाल

काठमाडौं । राष्ट्रियसभामा नेकपा (एकीकृत समाजावादी) का सांसद डा. बेदुराम भुसालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने किसिमका हुनुपर्ने बताएका छन् । 

शुक्रवार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नागरिकले उठाएका प्रश्नहरूको जवाफ दिनसक्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए । उनले अस्थिरताका कारण देशमा जनमुखी कार्यक्रमहरु हुन नसकेको बताए । उनले राजनीतिक दलहरू सत्ताका लागि मात्रै केन्द्रित भएको आरोप लगाए ।

“आजसम्मका प्रश्नको समाधान दिन हामी सक्छौँ कि सक्दैनौँ । यदी सक्छौँ भने आज जुन खालको यो सत्ताको अदलाबदलीले अस्थिरता सिर्जना गर्‍यो, केही कानुन निर्माण हुन सकेनन् । राजनीतिक दलहरू सत्ताका लागि मात्रै केन्द्रित भए भन्नेछ । ति सबै सकिनेछन् । सबै प्रश्न, आलोचनाको, सबै गुनासोको एकमुष्ठ समाधान हुनेछ । अहिले पनि हामीले त्यस खालको नीति कार्यक्रम ल्याउन सकेनौँ भने समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति, कार्यक्रम र बजेट ल्याउन सकेनौँ भने हामीप्रतिका प्रश्नहरु झनै उठ्नेछन् । यो अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रूपले परिवर्तनका लागि दिशानिर्देश गर्ने खालका नीति कार्यक्रम आउन्,” उनले भने । 

सांसद भुसालले आगामी अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रूपले परिवर्तनका लागि दिशानिर्देश गर्ने खालका नीति कार्यक्रम आउनुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro