site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश प्रमुखलाई पदमुक्तको माग गरिएको रिट न्यायाधीश फुयाँलको इजलासमा

काठमाडौं । कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङविरुद्धको रिट आज सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासमा परेको छ ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीले राजीनामा वा विश्वासको मत लिनुपर्ने भन्दै प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गरी त्यसकै आधारमा प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो । प्रदेश प्रमुखले बिहीबार नेकपा (एमाले) कोसी संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार नै उनले शपथ लिइसकेका छन् ।

कांग्रेसका कार्कीले भने पदबाट हटाउने विधि पूरा नहुँदासम्म आफू नै मुख्यमन्त्री रहेको जिकिर गरेका छन् । उनले प्रदेश प्रमुखको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिदिन माग गरेका छन् ।

उनले पदीय आचरण र संवैधानिक जिम्मेवारीविपरीतका काम गरेको भन्दै प्रदेश प्रमुख खापुङलाई पनि पदमुक्त गर्ने आदेश माग गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro